रुस र चीनमाथि जेलेन्स्कीको नयाँ आरोप

कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुस र चीनमाथि नयाँ आरोप लगाएका छन् । जेलेन्स्कीले रुस र चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्तालाई कमजोर पार्न खोजेको आरोप लगाएका हुन् ।
रुस र चीनले अन्य देशहरूलाई यी वार्ताहरूमा भाग लिनबाट रोकिरहेको जेलेन्स्कीको भनाई छ । जेलेन्स्कीले रुसको हतियार चीनबाट आएको पनि आरोप लगाएका छन् ।
चीनले रुस–युक्रेन युद्धमा आफू कुनै पक्षमा नरहेको बताउँदै आए पनि अमेरिकाले चीनको यो अडानमाथि प्रश्न उठाउँदै आएको छ । यसअघि पनि चीनले रुसलाई हतियार सामग्री पठाएको आरोप लागेको थियो । रुसको अर्थतन्त्र पश्चिमी देशको प्रतिबन्धका कारण कठिन समयबाट गुज्रिरहेको छ ।
जेलेन्स्कीले हालै युक्रेनलाई युद्धमा रुसको प्रगति रोक्न मद्दत चाहिने बताएका थिए । अमेरिकाले युक्रेनलाई आफ्नो हतियार खार्किभ नजिकको रुसी सीमाभित्र प्रयोग गर्न अनुमति दिएको छ।
अप्रिलमा अमेरिकी संसद्ले युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने प्रस्ताव पारित गरेको थियो। युक्रेन र रुसबिच विगत साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै
-
बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन