रुस र चीनमाथि जेलेन्स्कीको नयाँ आरोप
कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुस र चीनमाथि नयाँ आरोप लगाएका छन् । जेलेन्स्कीले रुस र चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्तालाई कमजोर पार्न खोजेको आरोप लगाएका हुन् ।
रुस र चीनले अन्य देशहरूलाई यी वार्ताहरूमा भाग लिनबाट रोकिरहेको जेलेन्स्कीको भनाई छ । जेलेन्स्कीले रुसको हतियार चीनबाट आएको पनि आरोप लगाएका छन् ।
चीनले रुस–युक्रेन युद्धमा आफू कुनै पक्षमा नरहेको बताउँदै आए पनि अमेरिकाले चीनको यो अडानमाथि प्रश्न उठाउँदै आएको छ । यसअघि पनि चीनले रुसलाई हतियार सामग्री पठाएको आरोप लागेको थियो । रुसको अर्थतन्त्र पश्चिमी देशको प्रतिबन्धका कारण कठिन समयबाट गुज्रिरहेको छ ।
जेलेन्स्कीले हालै युक्रेनलाई युद्धमा रुसको प्रगति रोक्न मद्दत चाहिने बताएका थिए । अमेरिकाले युक्रेनलाई आफ्नो हतियार खार्किभ नजिकको रुसी सीमाभित्र प्रयोग गर्न अनुमति दिएको छ।
अप्रिलमा अमेरिकी संसद्ले युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने प्रस्ताव पारित गरेको थियो। युक्रेन र रुसबिच विगत साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण