इजरायलले युद्धविराम गर्ने आशामा अमेरिका, नेतन्याहुले स्वीकार्लान् प्रस्ताव ?
तेल अभिभ । संयुक्त राज्य अमेरिकाले हमास सहमत भएमा इजरायलले पनि आफूले अगाडि सारेको युद्धविरामको प्रस्ताव स्वीकार गर्ने आशा गरिरहेको छ । यो सम्झौता भएमा गाजामा ६ हप्ताका लागि युद्धविराम लागू हुनेछ । अमेरिकाले भर्खरै गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव अगाडि सारेको छ ।
यस सम्बन्धमा गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले एउटा योजना प्रस्तुत गरेका थिए । यस योजना अन्तर्गत स्थायी रुपमै युद्धको अन्त्य हुनुअघि मानवीय सहायता उपलब्ध गराउनुका साथै बन्धकहरू आदानप्रदान गरिनेछ । इजरायली सरकारका केही मन्त्रीहरूले यो प्रस्तावको विरोध गरेका छन् ।
गठबन्धन सरकारका केही मन्त्रीहरूले अमेरिकी प्रस्ताव नेतान्याहुले मानेमा आफूले राजीनामा दिने धम्की दिएका छन् । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेतन्याहुलाई गाजामा युद्धविरामका लागि दबाब दिइरहेका छन् ।
गत हप्ता इजरायलले रफाहको शिविरमा आक्रमण गरेको थियो । सो आक्रमणपछि प्यालेस्टिनीहरू आफ्नो घर छोड्न बाध्य भएका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो आक्रमणलाई दुःखद घटना भएको भनेका छन् । सो आक्रमणमा ४५ जनाको मृत्यु भएको थियो । यो हमलापछि इजरायलले विश्वका धेरै देशको विरोधको सामना गर्नुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण