ओडिशामा गर्मी : ७२ घण्टामा ९९ जनाको मृत्यु
सोमबार, २१ जेठ २०८१, ११ : २३
नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिनहुँ दर्जनौँको ज्यान गइरहेको छ । गर्मी र लूका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । ओडिशामा गएको ७२ घण्टामा गर्मीका कारण ९९ जनाको मृत्यु भएको छ । यीमध्ये २२ जनाको मृत्यु लूले गर्दा भएको पुष्टि गरिएको छ ।
यस वर्ष गर्मी सुरु भएयता राज्यमा १४१ जनाको मृत्यु लुले गर्दा भएको बताइएको छ । भारतीय मौसम विभागका अनुसार जुन २ मा राज्यका कयौँ स्थानमा तपामान ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।
आगामी तीन दिनमा भने लू कम हुने अनुमान गरिएकोले मृत्युका मामिलाहरू कम हुने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण