दक्षिण अफ्रिकाविरुद्धको खेलअघि श्रीलङ्काली कप्तानको गुनासो
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा सोमबार श्रीलंकाले दक्षिण अफ्रिकाको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति ८ः १५ बजे सुरु हुनेछ । आफ्नो महत्त्वपूर्ण खेलअघि श्रीलङ्काली टोलीका कप्तान वानिन्दु हसरंगाले व्यवस्थापन पक्षलाई लिएर गुनासो गरेका छन् ।
श्रीलंका र दक्षिण अफ्रिकाबिचको खेल न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिने छ । श्रीलङ्काली टोलीलाई त्यो स्टेडियमभन्दा निकै टाढा राखिएको छ । श्रीलङ्काली टोलीलाई राखिएको होटेलबाट रंगशाला पुग्न बसमा ९० मिनेट समय लाग्छ ।
यसरी होटेलबाट स्टेडियम र स्टेडियमबाट होटेल आवत–जावतमै श्रीलङ्काली टोलीको तीन घण्टाभन्दा बढी समय खर्चिने गरेको छ । त्यसैले श्रीलङ्काली टोलीका कप्तान हसरंगाले आफूहरूले सहज तरिकाले अभ्याससम्म गर्न नपाएको गुनासो गरेका हुन् ।
‘होटेलबाट स्टेडियम निकै टाढा छ । आवत–जावतमै तीन घण्टाभन्दा बढी समय लाग्छ । अभ्यासका लागि पनि समस्या परेको छ । त्यसमाथि दक्षिण अफ्रिकाविरुद्धको खेल स्थानीय समयअनुसार, बिहान १०ः३० बजे राखिएको छ । त्यसअघि हामीले अभ्यास पनि गर्नुपर्ने हुन्छ । समयको तालमेल मिलाउन नै समस्या परिरहेको छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा श्रीलङ्काली कप्तानले गुनासो गरेका छन् ।
जारी विश्वकपमा श्रीलंका र दक्षिण अफ्रिका समूह ‘डी’ मा छन् । नेपाल, बङ्गलादेश र नेदरल्यान्ड्स पनि त्यही समूहमा छन् । श्रीलंकाले समूहगत चरणमा आफ्नो चारवटै खेल फरक–फरक स्टेडियममा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण