६० किलो सुन तस्करीमा संलग्न आरोपमा १० जना एक महिनादेखि सीआईबीको हिरासतमा
काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन तस्करीमा संलग्न आरोपमा सीआईबीले १० जनालाई पक्राउ गरेको छ । दोस्रो चरणको अनुसन्धानको क्रममा काभ्रेको तेमाल गाउँपालिका–४ घर भएका ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ सहित १० जनालाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–११ घर भएका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भारत घर भएर ललितपुर बस्ने २२ वर्षीय प्रशान्त गणेश बजवलकर, भारत महाराष्ट्र घर भएर न्यूरोड बस्ने सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’ र भारत घर भएर न्यूरोड बस्ने धिरज निदेश बैटे ‘दिनेश’ छन् ।
धादिङको सिद्धलेक गाउँपालिका घर भएका प्रेमनाथ सेडाईं, भक्तपुर सुर्यविनायक घर भएका राजु खत्री, काभ्रे तेमाल–४ का ४५ वर्षीय कान्छा लामा, तिब्बत घर भएर बौद्ध बस्ने गंगा टासी र उदयपुरको त्रियुगा घर भएकी उषा खत्री निरौला पनि छन् ।
गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ घर भएका १८ वर्षीय सायरी विकलाई पनि सीआईबीले पक्राउ गरेको छ । तस्करीमा संलग्नहरूलाई करिब १ महिनादेखि थुनामा राखेर अनुसन्धान भइरहेको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
आरोपीहरुविरुद्ध प्रहरीले भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्दा चलाएको छ । पहिलो चरणमा चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङ सहित २६ जना पक्राउ परेका थिए ।
टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेस्टुरेन्टका सञ्चालक हुन् । पहिलो चरणमा पक्राउ परेका तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग र बेल्जियन नागरिक दावा छिरिङ सहितका अभियुक्तहरू पुर्पक्षका लागी थुनामा छन् ।
सुन तस्करी जाँचबुझ आयोगको सिफारिसको आधारमा सीआईबीले ६० केजी र भेप प्रकरणमा पनि दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण