टी-२० विश्वकप
नोर्टजेसामु टिक्न सकेन श्रीलंका
सोमबार, २१ जेठ २०८१, २१ : ३८
न्युयोर्क । टी–२० विश्वकप अन्तरगत समूह डीको खेलमा श्रीलंकाका ब्याटर दक्षिण अफ्रिकाका बलरसामु निरीह बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा सीमित बनेको हो ।
श्रीलंकाको इनिङ्सलाई ध्वस्त बनाउन एनरिज नोर्टजेले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा मात्र ७ रन खर्चिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले २–२ विकेट हात पारे ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ३० बलमा सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन जोडे ।
कामिन्डु मेन्डिसले १५ बलमा ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण