ड्यालसको पशुपतिनाथ मन्दिरको दर्शनमा नेपाली क्रिकेट खेलाडी
काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका खेल्ने क्रममा अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरुले सोमबार बिहान टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेका छन् ।
नेपाली समाज टेक्ससले गरेको स्वागत कार्यक्रमका बीच उनीहरुले मन्दिरको पनि दर्शन गरेको अमेरिकाबाट प्रकाशित हुने नेपाली अनलाइन हिमालय खबरले जनाएको छ ।
सो अवसरमा प्रशिक्षक मोन्टे देसाईलगायत खेलाडीहरुको सहभागिता थियो । सो अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले खेलाडीलाई विजयको शुभकामना दिँदै नेपाली टिमले जित्ने विश्वास व्यक्त गरे ।
सोही क्रममा देसाईलगायत खेलाडीहरुले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका हुन् । त्यस क्रममा मन्दिरका मुख्य पूजारी डा। शेखर पण्डित, मेघराज निरौलाले वेदको स्वस्ती वाचनबाट विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।
खेलाडीहरूको सम्मानका नेपाली समुदायले पञ्चेबाजासमेत बजाएका थिए। प्रतियोगितामा नेपालले मंगलबार नेदरल्याण्डसँग पहिलो खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण