देशभर विश्वकपको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन खेलकुद मन्त्रालयको आग्रह
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको खेल भएको दिन आ–आफ्नो स्थानीय तहमा उक्त खेलको प्रत्यक्ष प्रसारण गरी नेपाली खेलाडी र खेल प्रेमीको हौसला बढाउन देशभरका स्थानीय निकायसँग आग्रह गरेको छ । मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै यस्तो अनुरोध गरेको हो ।
टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । विश्वकपमा नेपालले आफ्नो पहिलो खेल मंगलबार राति नेदरल्यान्डससँग खेल्दै छ । उक्त खेल राति २१ः१५ बजे सुरु हुनेछ ।
‘टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीको समेत सहभागिता रहेको हुँदा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर सबै स्थानीय तहले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा विश्वकपको प्रत्यक्ष प्रसारण गरी नेपाली खेल प्रेमीको हौसला बढाउने वातावरण बनाउन सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहरीकरणका लागि सचिव स्तरीय निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयकी शाखा अधिकृत प्रमिला खरेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण