बंगालमा पनि बीजेपीलाई झट्का
मङ्गलबार, २२ जेठ २०८१, १३ : ३६
नयाँ दिल्ली । भारतमा हालै सम्पन्न भएको लोकसभाको निर्वाचनको मतगणना चलिरहेको छ । मतगणनाको अहिलेसम्मको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वको गठबन्धन एनडीए सबैभन्दा अगाडि देखिएको छ ।
कूल ५४३ सिटमध्ये २९९ सिटमा एनडीए अगाडि छ । तर विपक्षी गठबन्धनले एनडीएलाई कडा टक्कर दिइरहेको छ । कयौं राज्यमा प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ । कयौं हट सिटमा अचम्भित पार्ने खालको रुझान आएको छ ।
दिउँसो सम्म कसको सरकार बन्नेछ भनेर स्पष्ट तस्वीर आउने बताइएको छ । पश्चिम बंगालको शुरुआती रुझानमा बीजेपीमाथि टीएमसी भारी देखिएको छ । राज्यको ४१ सिटमध्ये २८ सिटमा टीएमसी अगाडि छ । बीजेपी १० सिटमा मात्रै अगाडि छ । कंग्रेस भने २ सिटमा अगाडि छ । सीपीआईले एक सिटमा अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण