सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण : सचिव विष्ट
काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सचिव विष्टले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताए । उनले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महसुल कम्तीमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गरे । उनले चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत, वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहाली लाग्दो अवस्था देखापरेको बताए । उनले यसका लागि सार्वजनिक पुनरावलोकन उच्चस्तरीय आयोगको सिफारिसलाई कार्यान्वयन गर्नको लागि संसदमा साझा सहमतिका साथ अगाडि जान नसके विकास र पुँजीगत खर्च केवल सपनामा मात्रै सीमित हुने अवस्था रहेको दाबी गरे । उनले चालु आर्थिक वर्षको अहिलेसम्म ८ खर्ब ७५ अर्ब राजश्व प्राप्त हुँदा आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतीपूर्ण देखिएको बताए ।
सचिव विष्टले वैदेशिक अनुदानको हिसाबले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको भन्दै आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा यथार्थसँग मेल खाने सम्भावना कम रहेको बताए । उनले बजेटले पाँच उद्देश्य, प्राथमिकता, रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याएपनि त्यसको अनुपातमा कार्यक्रममा बजेट विनियोजन कम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण