लोकसभा निर्वाचनमा चलेन भोजपुरी स्टारको जादु
मङ्गलबार, २२ जेठ २०८१, १६ : ०४

नयाँ दिल्ली । भारतमा यस पटकको लोकसभाको निर्वाचनमा फिल्म क्षेत्रका कयौँ दिग्गज कलाकार र स्टारहरू पनि मैदानमा उत्रिएका छन् । कंगना रनौत र अरुण गोविलले भीआईपी सिटबाट चुनाव लडेका छन् ।
कंगना मन्डीबाट भाजपाकी उमेदवार हुन् भने अरुण गोविल मेरठबाट । मन्डीका जनतालाई कंगनालाई जिताएका छन् । टिभीमा रामायणका राम बनेका गोविलको निकै चर्चित छन् । तर चुनावी मैदानमा उनले अपेक्षा गरेजत्तिको माया पाएका छैनन् । मेरठमा उनी २० हजार मतले पछाडि छन् ।
हेमा मालिनी, शत्रुघ्न सिन्हहा, पवन सिंह, निरहुआ पनि चुनावी मैदानमा छन् । भोजपुरी स्टार पवन सिंह र निरहुआ पनि फ्लप साबित भएका छन् । पवन सिंह ६२ हजार मतले पछाडि छन् भने निरहुवा ९१ हजार मतले पछाडि छन् ।
टीएमसीका नेता शत्रुघ्न सिन्हा आसनसोल सिटमा ४१ हजार सिटले अगाडि छन् । मथुरामा हेमा मालिनी जितको नजिक पुगेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा विकास बजेट कार्यान्वयन : चैतमा बढेको गति वैशाखमा खस्कियो
-
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?
-
ट्रम्पद्वारा हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक : कति विद्यार्थी प्रभावित हुनेछन्?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थीमाथि रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर