लोकसभा निर्वाचनमा चलेन भोजपुरी स्टारको जादु
मङ्गलबार, २२ जेठ २०८१, १६ : ०४
नयाँ दिल्ली । भारतमा यस पटकको लोकसभाको निर्वाचनमा फिल्म क्षेत्रका कयौँ दिग्गज कलाकार र स्टारहरू पनि मैदानमा उत्रिएका छन् । कंगना रनौत र अरुण गोविलले भीआईपी सिटबाट चुनाव लडेका छन् ।
कंगना मन्डीबाट भाजपाकी उमेदवार हुन् भने अरुण गोविल मेरठबाट । मन्डीका जनतालाई कंगनालाई जिताएका छन् । टिभीमा रामायणका राम बनेका गोविलको निकै चर्चित छन् । तर चुनावी मैदानमा उनले अपेक्षा गरेजत्तिको माया पाएका छैनन् । मेरठमा उनी २० हजार मतले पछाडि छन् ।
हेमा मालिनी, शत्रुघ्न सिन्हहा, पवन सिंह, निरहुआ पनि चुनावी मैदानमा छन् । भोजपुरी स्टार पवन सिंह र निरहुआ पनि फ्लप साबित भएका छन् । पवन सिंह ६२ हजार मतले पछाडि छन् भने निरहुवा ९१ हजार मतले पछाडि छन् ।
टीएमसीका नेता शत्रुघ्न सिन्हा आसनसोल सिटमा ४१ हजार सिटले अगाडि छन् । मथुरामा हेमा मालिनी जितको नजिक पुगेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण