यूपीमा भाजपालाई झट्का
नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको रुझान आउने क्रम जारी छ । रुझानमा एनडीए ३ सयको नजिक पुगेको छ ।
तर विपक्षी गठबन्धन पनि बहुमतबाट धेरै टाढा भने छैनन् । उत्तर प्रदेशमा राम मन्दिर र योगी फ्याक्टरले भारतीय जनता पार्टी (बीजेपी)को वचश्र्व जोगाउन सकेन । यूपीमा भाजपालाई ठुलो झट्का लागेको छ । यो समाचार तयार पार्दाखेरि यूपीका ८० सिटमध्ये ३६ सिटमा समाजवादी पार्टी अगाडि थियो । ३३ सिटमा बीजेपी अगाडि छ । कंग्रेसले ७ सिटमा अग्रता लिएको छ । राष्ट्रिय लोक दल २ सिटमा अगाडि छ ।
उत्तर प्रदेशको अयोध्यामा राम मन्दिर निर्माणलाई मोदीले यस पटकको निर्वाचनमा कार्डको रूपमा चलाएका थिए । चुनाव नजिकिँदै गर्दा मोदीले हतारमा राम मन्दिरमा राम ललाको प्राण प्रतिष्ठान गराएका थिए । लोक सभाको निर्वाचनमा राम मन्दिरको कार्ड बीजेपीका लागि ठुलो दाउ हुने र यसले पार्टीलाई ठुलै लाभ हुने विश्लेषणहरू पनि आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण