मोदीको प्रतिक्रिया- एनडीएले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताएका छन् । लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएले २९० हाराहारीमा सिट ल्याउने देखिएसँगै मोदीले यस्तो बताएका हुन् ।
मंगलबार साँझ दिल्लीस्थित बीजेपी कार्यालय पुगेका मोदीले एनडीएको जित भएको दाबी गरे । उनले भने, ‘म यो आशीर्वादका लागि देशका सबै जनताप्रति आभारी छु।’ आजको दिन शुभ र यस शुभ दिनको नतिजाले एनडीएले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको उनले बताए । देशवासीले भाजपा र एनडीएमा पूर्ण विश्वास गरेको उनको भनाइ छ । आजको जित विश्वको सबैभन्दा ठुलो लोकतन्त्रको जित भएको मोदीले भने ।
मोदीले भने, ‘आज भावनात्मक दिन हो। आमा गएपछि यो मेरो पहिलो चुनाव थियो । देशका जनताले मलाई आमाको अभाव हुन दिएनन् । देशका आमा दिदीबहिनीले मलाई नयाँ प्रेरणा दिनुभएको छ ।’
निर्वाचन आयोगले कुशलताका साथ विश्वको सबैभन्दा ठुलो निर्वाचन सम्पन्न गरेको भन्दै उनले धन्यवाद पनि ज्ञापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण