मोदीको प्रतिक्रिया- एनडीएले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताएका छन् । लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएले २९० हाराहारीमा सिट ल्याउने देखिएसँगै मोदीले यस्तो बताएका हुन् ।
मंगलबार साँझ दिल्लीस्थित बीजेपी कार्यालय पुगेका मोदीले एनडीएको जित भएको दाबी गरे । उनले भने, ‘म यो आशीर्वादका लागि देशका सबै जनताप्रति आभारी छु।’ आजको दिन शुभ र यस शुभ दिनको नतिजाले एनडीएले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको उनले बताए । देशवासीले भाजपा र एनडीएमा पूर्ण विश्वास गरेको उनको भनाइ छ । आजको जित विश्वको सबैभन्दा ठुलो लोकतन्त्रको जित भएको मोदीले भने ।
मोदीले भने, ‘आज भावनात्मक दिन हो। आमा गएपछि यो मेरो पहिलो चुनाव थियो । देशका जनताले मलाई आमाको अभाव हुन दिएनन् । देशका आमा दिदीबहिनीले मलाई नयाँ प्रेरणा दिनुभएको छ ।’
निर्वाचन आयोगले कुशलताका साथ विश्वको सबैभन्दा ठुलो निर्वाचन सम्पन्न गरेको भन्दै उनले धन्यवाद पनि ज्ञापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता