मधेस प्रदेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्तिम समयमा आएर विश्वासको मत लिन तयार भएका छन् । विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालयले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री यादवले आफूनिकट दलहरुसँग गरेको परामर्शपछि विश्वासको मत लिन तयार भएको कांग्रेसका प्रदेश सांसद श्याम पटेलले जानकारी दिए । सांसद पटेलका अनुसार चार दलका सांसदहरुले विश्वासको मत लिन सुझाएपछि मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत पाउने सम्भावना न्यून भएपछि मुख्यमन्त्री यादवले सभामुखलाई बिरामी परेको भन्दै आज बिहान कार्यसूची सार्न निवेदन दिएका थिए । तर विपक्षी दल र सभामुखले उक्त प्रस्ताव अस्वीकार गरेका थिए । मुख्यमन्त्रीले विश्वासको मत सदनमा आउने बताएपछि सदन सुरु भएलगत्तै प्रक्रिया पूरा गरेर १० मिनेटका लागि सदनको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
जसपा, कांग्रेस, लोसपा र राप्रपाले संयुक्तरुपमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति जनाएका छन् । सदनमा कांग्रेसका २२, जसपाको १९, लोसपाको ८ र राप्रपाको १ जना सांसद छन् । यो जोड्दा मुख्यमन्त्री यादवको समर्थनमा ५० जना सांसदको समर्थन रहने देखिन्छ, जुन सरकार निर्माण गर्न अपुग संख्या हो ।
प्रदेशसभामा १०७ जना सांसदहरु छन् । सरकार गठनका लागि ५४ जना प्रदेश सांसदहरुको समर्थन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण