अपराध
६९ लाख नगदसहित भक्तपुरबाट चार जना चिनियाँ पक्राउ
बुधबार, २३ जेठ २०८१, २२ : ४१
काठमाडौँ । स्रोत नखुलेको नगदसहित भक्तपुरबाट प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ६९ लाख नगदसहित चारजना चिनियाँलाई सुर्यबिनायक नगरपालिका–१० स्थित भात्तेढिकुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ पर्नेमा ३२ वर्षीय चाङ यान, ५० वर्षीय निङ स्यालिन, २४ वर्षीय छो होरान र ३६ वर्षीय दना लाइयु छन् । बा.७० प २८७२ नम्बरको ट्याक्सिमा सवार उनीहरुको साथमा स्रोत नखुलेको नगद भेटिएको थियो ।
ज्याठास्थित उनीहरु बस्ने डेरामा खानतलासी गर्दा थप नगद फेला परेको थियो । उनीहरुलाई राजस्व अनुसन्धान विभागमा बुझाइने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनका लागि कसले खेल पल्टायो ?
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
-
मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण