मोदीको गठबन्धन सरकारबारे अमेरिकाले के भन्यो ?

नयाँ दिल्ली । मङ्गलवार भारतको लोकसभा चुनावको नतिजा आएको छ । योसँगै गठबन्धन सरकार बन्ने स्पष्ट भएको छ । नरेन्द्र मोदीको नेतृत्वमा चुनाव लडिरहेको भारतीय जनता पार्टी (भाजपा) बहुमतबाट टाढा छ । २४० सिट मात्रै पाएको भाजपाले सरकार बनाउन एनडीए गठबन्धनका अन्य घटक दलहरूको साथ चाहिएको छ ।
एनडीएले चुनावमा २९३ सिट पाएको छ । निर्वाचनका पण्डित र एक्जिट पोललाई गलत साबित गर्दै कंग्रेस नेतृत्वको इन्डिया ब्लकले २३४ सिट जितेको छ । भारतको चुनावमा संसारभरका देशहरूले चासो दिइरहेका थिए । मतपरिणाम पछि धेरै देशका सरकारहरूले यसमा प्रतिक्रिया दिइरहेका छन् ।
बुधबार अमेरिकी विदेश मन्त्रालयको प्रेस ब्रिफिङमा विभागका प्रवक्ता म्याथ्यु मिलरले भारतमा चुनावी नतिजाबारे सोधिएको प्रश्नमा भने, ‘प्रधानमन्त्री र उनको गठबन्धनले सरकार बनाउने, यी सबै जनताले रोज्ने कुरा हो । हामी भारतीय जनताको चाहनालाई सम्मान गर्छौँ ।’ बाइडेन प्रशासनले भनेको छ, ‘पहिला जसरी अहिले पनि हामी प्रधानमन्त्री मोदीसँग काम गरिरहने छौँ । भविष्यमा पनि हाम्रो प्राथमिकता यही हुनेछ ।”
मङ्गलवार सार्वजनिक भएको निर्वाचनको नतिजासँगै भारतमा विपक्षी दल बलियो भएर फर्किएको छ । चुनावी नतिजा आउनुअघि नै सबै एक्जिट पोलमा यो चुनावमा विपक्षीको ‘खेल सकिएको’ र मोदीको नेतृत्वमा भाजपाले आफ्नो नाराअनुसार ३७० सिट जित्ने अनुमान गरिएको थियो । तर मत परिणामले नयाँ तस्बिर देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति
-
औद्योगिक, जोखिमपूर्ण फोहरलाई उत्पादनकर्ताले नै व्यवस्थापन गर्नुपर्ने
-
भारत-पाकिस्तानबीच आज खास वार्ता
-
ट्रम्पले भने, ‘युक्रेन पुटिनको प्रस्तावमा सहमत हुनुपर्छ’
-
इटालियन सिरी’ए : शीर्ष स्थानको नापोली बराबरीमा रोकिंदा इन्टरलाई फाइदा
-
आजको मौसम : चट्याङसहित वर्षादेखि हावाहुरीको सम्भावना