एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

क्यालिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार पुँजीकरण ३० खर्ब डलरमाथि उक्लिएको छ । योसँगै कम्पनी आइफोन निर्माता कम्पनी एप्पललाई उछिनेर विश्वको दोस्रो बहुमूल्य पब्लिक लिष्टेड कम्पनी बनेको छ ।
बुधबारको कारोबारमा कम्पनीको शेयर मूल्य एकैदिन ५ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता १ हजार २२४ डलरमाथि उक्लिएको थियो । कृत्रिम बौद्धिकताको क्षेत्रमा लगानी गर्ने लहर चलिरहेको समयमा गएको वर्षयता नै एनभिडियाको शेयर मूल्य बढ्दो क्रममा थियो ।
पछिल्लो वृद्धिसँगै बजार पुँजीकरणको मामिलामा नभिडिया भन्दा अगाडि अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट मात्रै छ । च्याटजीपीटीको निर्माता ओपनएआईमा लगानी गरेयता गएको वर्षयता माइक्रोसफ्टको शेयर मूल्य पनि बढिरहेको छ ।
फेब्रुअरीमा एनभिडियाको बजार पुँजीकरण २० खर्ब डलर आसपास थियो । गत महिना कम्पनीको शेयर टुक्र्याउने योजना घोषणा गरेयता एनभिडियाको शेयरमा लगानीकर्ताको ओइरो लागिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?