एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी
क्यालिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार पुँजीकरण ३० खर्ब डलरमाथि उक्लिएको छ । योसँगै कम्पनी आइफोन निर्माता कम्पनी एप्पललाई उछिनेर विश्वको दोस्रो बहुमूल्य पब्लिक लिष्टेड कम्पनी बनेको छ ।
बुधबारको कारोबारमा कम्पनीको शेयर मूल्य एकैदिन ५ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता १ हजार २२४ डलरमाथि उक्लिएको थियो । कृत्रिम बौद्धिकताको क्षेत्रमा लगानी गर्ने लहर चलिरहेको समयमा गएको वर्षयता नै एनभिडियाको शेयर मूल्य बढ्दो क्रममा थियो ।
पछिल्लो वृद्धिसँगै बजार पुँजीकरणको मामिलामा नभिडिया भन्दा अगाडि अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट मात्रै छ । च्याटजीपीटीको निर्माता ओपनएआईमा लगानी गरेयता गएको वर्षयता माइक्रोसफ्टको शेयर मूल्य पनि बढिरहेको छ ।
फेब्रुअरीमा एनभिडियाको बजार पुँजीकरण २० खर्ब डलर आसपास थियो । गत महिना कम्पनीको शेयर टुक्र्याउने योजना घोषणा गरेयता एनभिडियाको शेयरमा लगानीकर्ताको ओइरो लागिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण