लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग
काठमाडौँ । नेकपा(एमाले) का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको उच्च प्राथमिकताका साथ स्तरोन्नति गर्न सरकारसँग माग गरेका हुन् ।
उनले सगरमाथा घुम्न जाने पर्यटकहरूले यही विमानस्थलको प्रयोग गर्ने भन्दै उनले एकपटक आएका पर्यटक पुनः विमानस्थलमा नआउने गरेको बताए । राईले पर्यटन विकासको मुख्य आधार नै सगरमाथा रहेको उल्लेख गर्दै यस विमानस्थलाई सगरमाथाको पहुँचमार्गको रूपमा लिएर स्तरोन्नति गर्नुपर्ने बताए ।
‘संसारका पर्यटकहरु सगरमाथा घुम्न आउँछन् । तर एकमात्र हवाई यात्रा लुक्ला एयरपोर्ट छ । सानो एयरपोर्ट छ । फेरि फेरि दुःख कष्ट सहेर त्यो क्षेत्रमा पर्यटक आउन बडो गाह्रो मान्ने परिस्थिति छ’ उनले भने, ‘पर्यटन विकास हाम्रो मुलुकको आधार हो भने यसलाई प्राथमिकता दिनुपर्छ । गएको सालको बजेटले त्यसलाई समेट्न सकेन । अहिले मन्त्रीज्युले प्राथमिकतामा राखेको छु भन्नुभएको छ । प्राथमिकतामा मात्रै होइन उच्च प्राथमिकतामा राखेर सगरमाथाको पहुँचमार्ग भनेर उल्लेख गर्नु जरुरी छ ।’
उनले सरकारले कृषि क्षेत्र र जलविद्युतको क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण