विराट कोहलीको नाममा सर्वाधिक रन
काठमाडौँ । हालसम्म आईसीसी टी–२० विश्वकपको आठवटा संस्करण सम्पन्न भइसकेको छ । टी–२० विश्वकपको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान भारतका विराट कोहली हुन् । विराटले सन् २०१२ मा पहिलो पटक टी–२० विश्वकप खेलेका थिए ।
त्यसयता उनले टी–२० विश्वकपमा २८ खेल खेलिसकेका छन् । २८ खेलको २६ पालीमा उनले कुल एक हजार एक सय ४२ रन बनाएका छन् । यस क्रममा उनले १४ वटा अर्धशतक पनि बनाएका छन् । टी–२० विश्वकपमा उनको उच्च स्कोर अविजित ८९ रन हो । टी–२० विश्वकपमा उनको स्ट्राइक रेट १३१.३० रहेको छ ।
टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा श्रीलङ्काका माहेला जयाबद्र्धने छन् । उनले सन् २००७ देखि सन् २०१४ सम्म टी–२० विश्वकप खेलेका थिए । उनले टी–२० विश्वकपमा कुल एक हजार १६ रन बनाएका छन् ।
यस क्रममा जयाबद्र्धनेले एक शतक र ६ वटा अर्धशतक पनि बनाएका छन् । टी–२० विश्वकपमा उनको उच्च स्कोर भने एक सय रन हो । टी–२० विश्वकपमा जयाबद्र्धनेको स्ट्राइक रेट भने १३४.७४ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण