गुगल म्यापले अब प्रयोगकर्ताको ‘हिस्ट्री’ भण्डार नगर्ने

काठमाडौँ । के तपाई गुगल म्यापको प्रयोग गर्नुहुन्छ ? म्याप हिस्ट्रीबारे चिन्तित हुनुहुन्छ कि ? त्यसो भए तपाईँका लागि खुसीको खबर छ ।
गुगल म्यापको गोपनियतामा झनै राम्रो हुने भएको छ । गुगलले अब लोकेसन डाटाबारे नयाँ योजना बनाइरहेको छ । एउटा नयाँ रिपोर्टका अनुसार अब गुगल म्यापमा प्रयोगकर्ताका डेटा स्टोर भएर बस्ने छैन । यसअघि गुगल म्यापको सर्भरमा प्रयोगकर्ताको लोकेसन हिस्ट्री स्टोर भएर बसेको हुन्थ्यो ।
अब सो हिस्ट्री डेटा प्रयोगकर्ताको डिभाइस अर्थात् फोनमा मात्रै भण्डारण हुनेछ । गुगलले यो फिचर यो वर्षको डिसेम्बर १ मा जारी गर्दैछ ।
गुगल म्यापले गोपनीयताको लागि यो फिचर ल्याउन लागेको हो । सर्भरमा डेटा स्टोर भएर बस्दा लिक हुने खतरा हुन्थ्यो । अनि नेट नभएपछि प्रयोगकर्ताहरूले आफ्नो डिभाइसमा रहेको हिस्ट्री हेर्न सक्नेछन् ।
हाललाई यो सुविधा मोबाइल एपमा मात्र जारी गरिनेछ । वेब संस्करणका लागि भने आउने नआउनेबारे कुनै जानकारी दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?