गुगल म्यापले अब प्रयोगकर्ताको ‘हिस्ट्री’ भण्डार नगर्ने
काठमाडौँ । के तपाई गुगल म्यापको प्रयोग गर्नुहुन्छ ? म्याप हिस्ट्रीबारे चिन्तित हुनुहुन्छ कि ? त्यसो भए तपाईँका लागि खुसीको खबर छ ।
गुगल म्यापको गोपनियतामा झनै राम्रो हुने भएको छ । गुगलले अब लोकेसन डाटाबारे नयाँ योजना बनाइरहेको छ । एउटा नयाँ रिपोर्टका अनुसार अब गुगल म्यापमा प्रयोगकर्ताका डेटा स्टोर भएर बस्ने छैन । यसअघि गुगल म्यापको सर्भरमा प्रयोगकर्ताको लोकेसन हिस्ट्री स्टोर भएर बसेको हुन्थ्यो ।
अब सो हिस्ट्री डेटा प्रयोगकर्ताको डिभाइस अर्थात् फोनमा मात्रै भण्डारण हुनेछ । गुगलले यो फिचर यो वर्षको डिसेम्बर १ मा जारी गर्दैछ ।
गुगल म्यापले गोपनीयताको लागि यो फिचर ल्याउन लागेको हो । सर्भरमा डेटा स्टोर भएर बस्दा लिक हुने खतरा हुन्थ्यो । अनि नेट नभएपछि प्रयोगकर्ताहरूले आफ्नो डिभाइसमा रहेको हिस्ट्री हेर्न सक्नेछन् ।
हाललाई यो सुविधा मोबाइल एपमा मात्र जारी गरिनेछ । वेब संस्करणका लागि भने आउने नआउनेबारे कुनै जानकारी दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण