मानहानी मुद्दामा राहुल गान्धीले पाए जमानत
नयाँ दिल्ली । बेंगलुरुको एक विशेष अदालतले कांग्रेस नेता राहुल गान्धीलाई अवहेलना मुद्दामा जमानत दिएको छ ।
यो मुद्दा भाजपाको कर्नाटक इकाईले दायर गरेको थियो । २०२३ मा विधानसभा चुनावअघि कांग्रेसले पत्रपत्रिकामा दिएको विज्ञापन विरुद्ध भाजपा कर्नाटक अदालतमा पुगेको थियो । विज्ञापनमा भाजपालाई भ्रष्ट भनिएको थियो ।
यसअघि सोही मुद्दामा कर्नाटकका कांग्रेस प्रमुख डीके शिवकुमार र मुख्यमन्त्री सिद्धरामैयाले जुन १ मा जमानत पाएका थिए । यस मामिलामा भाजपाले अवहेलना मुद्दा दायर गरेको राहुल गान्धी चौथो व्यक्ति थिए ।
राहुल गान्धीसहित कांग्रेस पार्टी, डीके शिवकुमार र सिद्धरामैया विरुद्ध पनि मुद्दा दायर गरिएको थियो । भाजपाका नेताहरूले मुख्यमन्त्री पदमा नियुक्तिको लागि २५ अर्ब र मन्त्री पदको लागि ५ अर्ब भारु मूल्य तोकेको कंग्रेसले अरोप लगाएको भन्दै भाजपाले मुद्दा हालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण