डेनमार्ककी प्रधानमन्त्रीमाथि राजधानीको सडकमा कुटपिट
शनिबार, २६ जेठ २०८१, १२ : ४२
कोपेनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ । आक्रमणबाट आफू स्तब्ध भएको प्रधानमन्त्रीले बताएकी छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीमाथि हातपात गरेका हुन् ।
डेनमार्कको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शुक्रबार, कोपेनहेगनको कुल्टोरवेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो। आक्रमणकारी पक्राउ परेका छन् । यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छन् ।’
आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले यसलाई 'घृणित कार्य' भनेकी छन्। यो युरोपका जनताले विश्वास गर्ने र लड्ने सबै कुराको विरुद्धमा जाने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण