डेनमार्ककी प्रधानमन्त्रीमाथि राजधानीको सडकमा कुटपिट
शनिबार, २६ जेठ २०८१, १२ : ४२

कोपेनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ । आक्रमणबाट आफू स्तब्ध भएको प्रधानमन्त्रीले बताएकी छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीमाथि हातपात गरेका हुन् ।
डेनमार्कको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शुक्रबार, कोपेनहेगनको कुल्टोरवेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो। आक्रमणकारी पक्राउ परेका छन् । यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छन् ।’
आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले यसलाई 'घृणित कार्य' भनेकी छन्। यो युरोपका जनताले विश्वास गर्ने र लड्ने सबै कुराको विरुद्धमा जाने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपुर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने
-
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल
-
अमेरिकामा ६० खेलपछि कस्तो छ मेस्सी र पेलेको कीर्तिमान ?
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे