कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा कारागार चलान
काठमाडौँ । कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
प्रहरीले उनलाई जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ गरेको थियो । पश्चिम चितवनमा उनी फ्ल्याट लिएर बसेको अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन गरेर फरार भएका उनीविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो ।
कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो बिगो कायम गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्दा दायर गरिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए । लामा सहितका सञ्चालकविरुद्ध ८५२ जना बचतकर्ताले जाहेरी दिएका छन् । पूरक जाहेरी आउने क्रम जारी रहेको डीएसपी बुढाथोकीले बताए ।
सहकारीको रकम अपचलन गरेको कसुरमा कान्तिपुरका अध्यक्ष हिमाल विक्रम मल्ल पनि कारागारमा थुनामा छन् । ५४ वर्षीय हिमालय विक्रम कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन् ।
निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका थप ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कान्तिपुर सेभिङ्गका कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीविरुद्ध पुर्जी जारी भएको छ ।
प्रेमध्वज लामा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका स्थानीय हुन् । जोगलाल पनि काभ्रेको तेमाल–५ का स्थानीय हुन् । सानुकान्छा लामा (५२ वर्षीय) तेमाल गाउँपालिका वडा नम्बर–५ का हुन् ।
५२ वर्षीय नारायणप्रसाद रिमाल नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर–६ का हुन् । इन्दु थापा काठमाडौँ महानगरपालिका–३४ की स्थानीय र देवराज पराजुली (४४ वर्षीय) काभ्रेको भुम्लु गाउँपालिकाका हुन् । फरार प्रतिवादीहरूको खोजी भइरहेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण