विश्वासको मत नपाउँदै गण्डकीका मुख्यमन्त्रीले संसद्मा पठाए नीति तथा कार्यक्रम पेस गर्ने पत्र
आइतबार, २७ जेठ २०८१, १८ : ०४
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । उनले सोमबार दिउँसो ३ बजे विश्वासको मत लिने गरी प्रदेश सभा बैठक बोलाइएको छ ।
२७ सिट रहेको कांग्रेसका सांसद मात्रै उनको पक्षमा छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । तर, पाण्डेले संसदमा नीति तथा कार्यक्रम पेस गर्ने सूचना पनि संसद् सचिवालयमा पठाएका छन् ।
मंगलबार संसद्मा नीति तथा कार्यक्रम पेस गर्न मुख्यमन्त्रीले पत्र पठाएका संसद् सचिवालयले जनाएको छ । विश्वासको मतको टुंगो नलाग्दै पाण्डेले नीति तथा कार्यक्रम पेस गर्ने सूचना पठाउनुमा उनी विश्वासको मत पाउनेमा ढुक्क देखिन्छन् ।
पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेले मत दिने सम्भावना छ । तर यतिले मात्र उनलाई बहुमत पुग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण