चार संसदीय समितिको बैठक आज, यस्ता छन् कार्यसूची
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा अन्तर्गतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी डाकिएको हो ।
सार्वजनिक लेखा समितिको बैठक भने बिहान साढे १० बजे बस्ने कार्यसूची छ। तर, बैठकमा के विषयमा छलफल हुने हो भन्ने विषय संसद् सचिवालयले सार्वजनिक गरेको छैन।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक २०८० को विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची राखिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीबारे छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै दिउँसो १ बजे बस्नेछ। बैठकमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिकाबारे छलफल गर्ने संसद् सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण