नवौँ टी–२० विश्वकप : उपाधि होडबाट बाहिरिने पहिलो टोली बन्यो ओमान
काठमाडौँ । एसियाली राष्ट्र ओमान आईसीसी टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिएको छ । लगातार तेस्रो हारसँगै ओमान उपाधि होडबाट बाहिरिएको हो । आइतबार राति खेलिएको आफ्नो तेस्रो खेलमा ओमानको टोली स्कटल्यान्डसँग सात विकेटले पराजित भयो ।
समूह ‘बी’ मा रहेको ओमान यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पनि ओमानको टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ३९ रनले पराजित भएको थियो ।
उक्त समूहमा तीन खेल खेलेको स्कटल्यान्ड पाँच अंकसहित पहिलो स्थानमा आसिन छ । दुई खेलबाट चार अंक बटुलेको अस्ट्रेलिया दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको नामिबिया तेस्रो र दुई खेलबाट एक अंक हात पारेको इङ्ल्यान्ड चौथो स्थानमा छन् ।
साविक विजेता इङ्ल्यान्ड पनि दबाबमा देखिएको छ । प्रतियोगिताको अघिल्लो चरणमा पुग्न इङ्ल्यान्डले बाँकी दुबै खेल ठूलो अन्तरले जित्नु पर्ने देखिन्छ । इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो भने आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डको टोली अस्ट्रेलियासँग ३६ रनले पराजित भएको थियो ।
टी–२० विश्वकपमा तेस्रो पटक सहभागिता जनाइरहेको ओमान हालसम्म पहिलो चरणभन्दा अगाडि बढ्न सकेको छैन । यसअघि ओमानले सन् २०१६ र सन् २०२१ को टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । त्यतिबेला पनि ओमान पहिलो चरणबाटै बाहिरिएको थियो ।
टी–२० विश्वकपमा हालसम्म कुल आठ खेल खेलेको ओमानले दुई जित र चार हारको नतिजा निकालेको छ । ओमानको एक खेल बराबरी र एक खेल अनिर्णित रुपमा सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण