विभिन्न जिल्लामा ७ जना मृत अवस्थामा फेला
काठमाडौँ । विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, चितवन, गुल्मी, सुर्खेत लगायतका जिल्लामा सात जना मृत अवस्थामा फेला परेका हुन् ।
महोत्तरीको सम्सी गाउँपालिका–२ बस्ने ५० वर्षीय शेख साकिर सोही गाउँपालिका–२ पर्सा बजारस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२३ खड्गौली बस्ने ५० वर्षीय बुधनी दराई सोही ठाउँस्थित केरूङ्गा खोला नजिकै मृत अवस्थामा फेला परेकी छन् ।
आइतबार माछा मार्न भनी गएकी उनी घर नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । त्यसैगरी भरतपुर महानगरपालिका– २१ रंगिला बस्ती बस्ने २६ वर्षीय सुवास नेपाली पनि मृत अवस्थामा फेला परेका छन् ।
सोही ठाउँस्थित खेतमा आइतबार उनी मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उता, गुल्मीको मालिका गाउँपालिका–७ तिजुबोट घमिर बस्ने ४९ वर्षीय देवकला लम्साल पनि मृत अवस्थामा फेला परेकी छन् ।
उनी आफ्नै बङ्गालोमा आइतबार मृत अवस्थामा फेला परेकी हुन्। त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिका–६ मा पनि एक पुरुष मृत फेला परेका छन् । सो गाउँपालिकाको कालटारस्थित बगरमा स्थानीय ५० वर्षीय गुरु पुन आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
उता, सर्लाहीको हरिपुर नगरपालिका–५ असनवा टोलमा पनि एक पुरुष मृतअवस्थामा फेला परेका छन् । सोही नगरपालिका–५ मजुर्वा बस्ने ३९ वर्षीय नेक महम्द अन्सारी आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका–१६ शङ्कर आचार्य गेट नजिकै खुल्ला चौरमा एक युवक मृत फेला परेका छन् । उनको नाम,थर र वतन नखुलेको प्रहरीको भनाई छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण