मलेसियामा दुई नेपाली बालबालिकालाई उपाधि
काठमाडौँ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोवल एम्बेसडर इन्टरनेशनल २०२४’मा नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बाले उपाधि जितेका छन् ।
कोटाकिना बालु सहरमा जुन ५ देखि ९ सम्म आयोजना भएको प्रतियोगीतामा यादवले ‘किड युनिभर्स’ र सुब्बाले ‘ग्राण्ड वीनर किड करिस्मा’ नामक दुई उपाधि नेपाललाई दिलाएका हुन् ।
प्रतियोगीतामा यादवले किड बेष्ट फर्मल अटायर र किड इन्टिलिजेन्ट अवार्ड समेत हात पर्दा सुब्बाले बेष्ट क्याजुअल अटायर र किड फ्रेड्ली अवार्ड जितिन् ।
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा नेपालको अलवा इन्डिया, मेलिसिया, सिंगापुर, फिलिपिन्स, साउथ कोरिया, ब्रुनाई लगायत विश्वका विभिन्न देशको बालबालिकाको सहभागीता रहेको थियो । प्रतियोगितामा नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलवा नेपालको पर्यटन समेत प्रवद्र्धन गरिएको थियो ।
मिस वल्र्ड मलेसिया वेनानिता वेन्सेस आङगाङ मुख्य निर्णायक रहेकी प्रतियोगीतामा नेपालबाट अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु सहभागी थिए । फैजुले मिस वल्र्ड मलेसिला आङगाङसँग औपचारिका भेटघाट गर्दै कुराकानी पनि गरेका छन् । भेटमा आङगाङलाई नेपाल भ्रमणको निम्तो दिएको फैजुले बताए । उक्त क्रममा आफुले त्यहाँको राजनीतिज्ञ श्रीवेन्स आङगााङसँग पनि भेट गरेको फैजुको भनाइ छ ।
उपाधि जित्न सफल बालबालिका यादव र सुब्बा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘मिलिनियम किड्स ईन्टरनेशनल २०२४’ विजेताहरू हुन् ।
प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण