मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनका बारेमा छलफल भयो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको बताएका छन् । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी कुराकानी भएको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिए । उनले डा. एस. जयशंकरसँगको भेटमा नेपाल र भारतबिच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भएको बताए ।
उनले भने, ‘नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबिच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो । मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले भ्रमणले नेपाल र भारतबिच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण