सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्री प्रचण्डले भने– राजदूतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेन

सोमबार, २८ जेठ २०८१, १९ : ५१
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको बताएका छन् । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गरे । उनले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको बताए ।

उनले भने, ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद् विघटन बाध्यता भएको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताए । उनले ओलीले सो धारणा सधैँ राख्दै आएको र पार्टीको कार्यक्रममा उक्त धारणा राख्नुलाई सामान्य रूपमा लिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले गण्डकी प्रदेशका नेकपा (माओवादी केन्द्र) का सांसद फणीन्द्र देवकोटालाई निलम्बन गर्ने बताए । उनले स्वाभाविक रूपमा पार्टीले ह्विप जारी गरिसकेको भन्दै संविधान र कानुनको मर्म विपरीत फ्लोर क्रस गरेकालाई निलम्बन गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले सार्कलाई सक्रिय पार्ने कुरादेखि सीमासँग सम्बन्धित मुद्दा र व्यापार पारवाहनसँग सम्बन्धित मुद्दालाई सक्रिय बनाइ संवादबाट समाधान गर्न आग्रह गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप