मलावीका उपराष्ट्रपति सवार विमान बेपत्ता
मलावी । मलावीका उप-राष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार एउटा विमान बेपत्ता भएको त्यहाँको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङ्वेबाट उडेपछि ‘राडारबाट बाहिर गएको’ बताइएको हो ।
उड्डयन अधिकारीहरूले विमानसँग सम्पर्क गर्न नसकेपछि राष्ट्रपतिले खोजी र उद्धार कार्यको आदेश दिएका छ । यो विमान देशको उत्तरमा रहेको एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान १०:०० बजे पछि अवतरण गर्नुपर्ने थियो।
विमानमा रहेका अन्य यात्रुहरूमा डा चिलिमाकी पत्नी मेरी, पूर्व प्रथम महिला शनिल जिम्बिरी र उपराष्ट्रपतिको युनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट (यूटीएम) पार्टीका केही अधिकारीहरू छन्।
डिफेन्स फोर्सका कमान्डरले घटनाको बारेमा जानकारी दिएपछि राष्ट्रपति लाजरस चकवेराले बहामासको लागि आफ्नो उडान रद्द गरेका छन् । ‘तथ्यहरू स्थापित भएपछि जनतालाई घटनाबारे अद्यावधिक गरिनेछ,’ राष्ट्रपति कार्यालयले भन्यो।
विमान बेपत्ता हुनुको कारण अहिलेसम्म थाहा नभएको जनरल भ्यालेन्टिनो फिरीले बताए । मलावीका सूचना मन्त्री मोसेस कुन्कुयुले बीबीसीलाई विमान खोज्ने प्रयास जारी रहेको बताए।
चिलिमा तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै थिए।
आफ्नो राजनीतिक करियर अघि उनले युनिलिभर र कोका कोला जस्ता बहुराष्ट्रिय कम्पनीहरूमा प्रमुखको भूमिका निभाएका थिए। ५१ वर्षीय चिलिमा सन् २०१४ देखि दक्षिणी अफ्रिकी देशको उपराष्ट्रपति रहेका छन् । उनका दुई सन्तान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण