भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग एमालेको माग
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।
आज प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले दुई मुलुकबिचको थाँती रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेको कुराकानी संसद्लाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गरेका हुन् ।
उनले संसद्को विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैँले अग्रसरता लिनुपर्ने पनि बताए । सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौँमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताए ।
सांसद पन्तले नेपाल र भारतबिचको समस्या अहिले पनि ज्युँका त्युँ रहे पनि प्रधानमन्त्री प्रचण्डले कुनै समस्या नभए जसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण