किसानले पाउने अर्बौंको अनुदान बिचौलिया र नेताले खाइदिन्छन् : सांसद राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद डा. धवल शमशेर राणाले किसानले पाउनुपर्ने अर्बौं रुपैयाँको अनुदान बिचौलिया र राजनीतिक दलका नेताहरूले खाइदिने गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत रुममा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद राणाले आफू नेपालगञ्जमा नगरप्रमुख भएको बेला अनुगमन गरेर मात्र अनुदान दिएको बताए ।
उनले भने,‘कृषि अनुदानको कुरा गर्नुभयो भने बिचौलियाले सबै खाइदिन्छ । मैले नेपालगञ्ज उपमहानगरपालिका प्रमुख हुने क्रममा अनुदान खाइदिने कुरा थाहा पाइसकेपछि खेतमा बाली हेरेर मात्रै अनुदान दिने व्यवस्था मिलाएको थिएँ । यो देशमा किसानका अर्बौं रुपैयाँ बिचौलियाले खाइदिन्छन्, नेताहरूले खाइदिन्छन् । किसानसम्म त अनुदान नै पुग्दैन ।’
अहिले माछा पालन र कुखुरा पालन गर्ने किसानहरू मारमा परेको उनले बताए । कृषि क्षेत्रमा प्रयोग हुने विद्युत् महशुलमा सुविधा दिनुपर्ने उनले बताए । सिक्टा सिँचाइ आयोजना बनेको ५ वर्ष भएपनि सिँचाइ सुविधा विस्तारका लागि शाखा नहर नबनाएको र शाखा नहर नभए कृषकको खेत सुख्खा रहिरने उनले बताए । सिक्टा आयोजनालाई राष्ट्रिय गर्वको योजना भनेपनि धेरैवटा मुद्दा मामिलामा अल्झिएको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण