जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु
मङ्गलबार, २९ जेठ २०८१, १४ : ५४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनको बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
उक्त राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहबाट टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्ने छन् । प्रत्येक समूहमा एक सय २० जना प्रतिनिधि रहेका छन् ।
जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै (तस्बिरहरू)
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची