कोभिड र फ्लु दुबैविरुद्ध काम गर्ने खोप आउँदै
मङ्गलबार, २९ जेठ २०८१, १६ : २१

वासिङ्टन डीसी । कोरोना भाइरसको महामारी फैलिएको चार वर्षभन्दा बढी भइसकेको छ । सङ्क्रमण रोकथाम गर्ने उपायहरू र खोपको उपलब्धताले रोगको गम्भीरता घटाएको छ ।
तर नयाँ नयाँ भेरिएन्टका कारण हुन सक्ने समस्याको जोखिम यथावत् छ । नयाँ भेरियन्टहरूले खोपको प्रतिरक्षामा काम नगर्ने ठानिएको छ । यस्तोमा बारम्बार अपडेटेड खोप पनि ल्याइएको छ ।
कोरोना जस्तै गरी इन्फ्लुएन्जा भाइरसको सङ्क्रमणका कारण हरेक वर्ष विश्वभर लाखौँ मानिस बिरामी परिरहेका छन् । यी सङ्क्रामक रोगहरू रोक्न वैज्ञानिकहरू अब एक तिरबाट दुई सिकार गर्ने प्रयासमा छन् । अमेरिकी फर्मा कम्पनी मोडेर्नाको अनुसन्धान टोलीले कोभिड–१९ र फ्लू दुबै विरुद्ध काम गर्ने विशेष खालको खोप बनाइरहेका छन् । यो खोपले यी दुवै सङ्क्रामक रोगहरूबाट बचाउने बताइएको छ । यो खोपले फरक फरक खोपले भन्दा राम्रो परिणाम दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया