झण्डा र ब्यानर प्रयोग गरे कानुनी कारबाही गर्ने नितेश समूहलाई युवा संघको चेतावनी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका संयोजक कृष्णकुमार विकले युवा संघ नेपाल विभाजन नभएको दाबी गरेका छन् ।
केही व्यक्तिले युवा संघ भनेर संगठनको झण्डा र ब्यानर प्रयोग गर्दै युवासंघ विभाजन भएको भनेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको पनि संयोजक विकको भनाइ छ ।
‘कोही पनि भ्रममा पर्न जरुरी छैन, युवा संघ फुटेको छैन युवा संघ एकढिक्का छ’, मंगलबार पत्रकार सम्मेलन गर्दै संयोजक विकले भने, ‘नितेश पौडेल, रोशन थापा र फुर्वा लामाहरू कारबाहीमा परिसक्नुभएको छ ।’
उनले कसैले संगठनको झण्डा र ब्यानर प्रयोग गरे कानुनी कारबाही गर्ने चेतावनी समेत दिए ।
पार्टीको १० राष्ट्रिय महाधिवेशनको संघारमा युवा संघ नेपालका सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामा लगायतले संयोजक विकले निर्धारित समयमा अधिवेशन गर्न नसकेको भन्दै केही दिनअघि समानान्तर संगठन घोषणा गरेका थिए ।
उनीहरूलाई संयोजक विकले आइतबार नै कारबाही गरेको घोषणा गरेका थिए । पौडेल, थापा र लामाहरुले पार्टीको महाधिवेशनमा लाग्नुपर्नेमा घटनाक्रमलाई उत्तेजित पार्ने गतिविधि गरेको उनले बताए ।
‘युवा संघ विभाजन भयो, दुई टुक्रा भयो भनेर प्रचार भएको छ यसमा निन्दा गर्न चाहन्छु’, संयोजक विकले पौडेल, थापा र लामालाई कारबाही गरेको विषय पार्टीलाई समेत जानकारी गराइसकेको बताएका छन् । पौडेल पार्टी अध्यक्ष माधव नेपालका भान्जा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण