भेटियो मालावीका उपराष्ट्रपति चढेको विमान, विमानमा सवार सबै मृत
मालावी । मालावीका उपराष्ट्रपति सवार बेपत्ता विमान भेटिएको छ । प्रधानमन्त्री लाजारुस चक्वेराले यसको जानकारी दिएका हुन् ।
उपराष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार सेनाको एउटा विमान बेपत्ता भएको थियो । सोमबार बिहान राजधानी लिलोङ्वे स्थित विमानस्थलबाट उडेको केही बेरपछि मलावी डिफेन्स फोर्सको सो विमान सम्पर्कविहीन भएको थियो ।
विमान उड्दा मौसम खराब थियो । बेपत्ता विमान भेटिएको र विमानमा सवार कोही पनि जीवित नभेटिएको चक्वेराले बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा चक्वेराले खोजी र उद्धार कार्य पूरा भएको अनि विमान भेटिएको जानकारी मलावी डिफेन्स फोर्सलाई सूचित गरेका थिए । उद्धार टोलीले विमान पूरै ध्वस्त अवस्थामा फेला पारेको बताइएको छ ।
मालावीमा राष्ट्रपति र उप–राष्ट्रपति अलग–अलग पार्टीका हुन् । तर सन् २०२० को निर्वाचनको समयमा दुईले गठबन्धन गरेका थिए । ५१ वर्षिय चिलिमा चार दिन अघि निधन भएका सरकारका पूर्व मन्त्री राल्फ कासाम्बाराको अन्त्येष्ठीमा सहभागी हुन जाँदै थिए । सो विमानमा पूर्व फर्स्ट लेडी शानिल दिजिम्बिरी पनि सपार थिइन् । विमान सोमबार बिहान राजधानी लिलोङ्वेबाट उडेको थियो ।
विमान उत्तरी सहर मजुजुमा अवतरण हुनेवाला थियो । तर भिजिबिलिटी कमजोर भएकोले विमान बिचबाटै फर्किएको थियो । चिलिमा सन् २०१४ देखि मालावीको उप–राष्ट्रपति थिए ।
मालावीका युवा पुस्तामाझ उनी निकै लोकप्रिय थिए । तर सन् २०२२ घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए । गएको महिना अदालतले उनीमाथिको मुद्दा खारेज गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण