गण्डकीको पर्यटन नीति : पहिले घरदेश अनि परदेश

पोखरा । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटनलाई बढवा दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संसदमा प्रस्तुत गरेको नीति कार्यक्रममा पोखरा केन्द्रित पर्यटनलाई प्राथमिकता दिइएको हो ।
पोखरालाई २ महिनाअघि पर्यटनको राजधानी घोषणा गरिएको छ । पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गर्ने सरकारी घोषणा छ ।
यस्तै, पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोही अनुरूप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्ने सरकारले जनाएको छ ।
यसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवर्द्धन, पर्यटकको सेवा र सुविधा विकास तथा विस्तार गर्ने कार्यक्रम ल्याएको छ । अघिल्लो वर्ष सरकारले भारतीय धर्मगुरुलाई ल्याएर गण्डकीका धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू