गण्डकीको पर्यटन नीति : पहिले घरदेश अनि परदेश
पोखरा । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटनलाई बढवा दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संसदमा प्रस्तुत गरेको नीति कार्यक्रममा पोखरा केन्द्रित पर्यटनलाई प्राथमिकता दिइएको हो ।
पोखरालाई २ महिनाअघि पर्यटनको राजधानी घोषणा गरिएको छ । पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गर्ने सरकारी घोषणा छ ।
यस्तै, पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोही अनुरूप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्ने सरकारले जनाएको छ ।
यसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवर्द्धन, पर्यटकको सेवा र सुविधा विकास तथा विस्तार गर्ने कार्यक्रम ल्याएको छ । अघिल्लो वर्ष सरकारले भारतीय धर्मगुरुलाई ल्याएर गण्डकीका धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
-
कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण