अवैध हतियारको मामिलामा बाइडेनका छोरा दोषी
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन अवैध तरिकाले बन्दुक किनेको मामिलामा दोषी पाइएका छन् । फारममा झुटो जानकारी भरेर कोल्ट कोबरा बन्दुक किनेको अनि बन्दुक साथमा राखेको बेलामा उनले लागू औषध सेवन गरिरहेको मामिलामा अदालतले हन्टरलाई दोषी ठहर गरेको हो ।
अमेरिकामा बन्दुक किन्ने समयमा एउटा फारम भर्नु पर्छ । सो फारममा क्रेता कुनै खाले नशाको कुलतमा फसेको छ कि भनेर प्रश्न सोधिन्छ । हन्टरले यो प्रश्नको जवाफ गलत दिएका थिए । सन् २०१८ मा बन्दुक किन्ने समयमा हन्टर लागू औषध दुर्व्यसनी रहेको प्रमाणित भएको छ । सत्तासीन राष्ट्रपतिको छोरामाथि मुद्दा चलेको अनि दोषी ठहर भएको यो अमेरिकाको इतिहासमै पहिलो पटक हो ।
छोरा अवैध हतियार मुद्दामा दोषी ठहर भएपछि बाइडेनले पिताको रुपमा आफ्नो भूमिकामाथि जोड दिएका छन् । ‘मैले गएको हप्ता नै भनेको थिए कि म राष्ट्रपतिको साथमा पिता पनि हुँ । जिल र म दुबै छोरालाई माया गर्छौ । ’ बाइडेनले भनेका थिए । छोरा लागू औषधको दुव्यर्सनसँग लडेर कुलतबाट बाहिर आएको र छोराको त्यो हिम्मतप्रति आफूलाई गर्व रहेको उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण