उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने
नयाँ दिल्ली । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख हुने भएका छन् । मंगलबार भारत सरकारले मनोज पाण्डेको ठाउँमा उनी नियुक्त हुने जानकारी दिएको हो ।
लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा सेना परिचालनको अनुभव छ। हाल उनी उप-प्रधानसेनापति पदमा कार्यरत छन् ।
प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन् । वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो ।
गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो । भारतमा यस्तो धेरै बिरलै हुन्छ।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी भारतीय सेनाको उप-प्रधानसेनापतिका रूपमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण