मकवानपुरमा पालिका केन्द्रबाटै राष्ट्रिय परिचयपत्र
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने भएको छ । जिल्लाका ९ वटै स्थानीय तहबाट शिविर सञ्चालन गर्ने तयारी थालेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।
मङ्गलवार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले २ टोली बनाएर जिल्लाका ९ स्थानीय तहको केन्द्रमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको हो । उनका अनुसार जेठ ३० गते (आज) बाट स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्र वितरणका लागि शिविर सञ्चालन गरिने छ । आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै ज्येष्ठ नागरिकहरूको सहजताका लागि शिविर सञ्चालन गर्न लागेको उनले बताए ।
ज्येष्ठ नागरिकहरू जिल्ला सदरमुकामसम्म आउन, जान समस्या हुने देखिएकोले स्थानीय तहको केन्द्रमा नै शिविर नै सञ्चालनको व्यवस्था मिलाइएको उनको भनाई छ । मकवानपुरको हेटौँडा बाहेकको स्थानीय तहमा शिविर सञ्चालन गरिने उनले बताए । हेटौँडा उपमहानगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयबाटै सेवा प्रवाह गरिने उनले बताए ।
प्रशासन कार्यालयका अनुसार एउटा शिविर टोली राक्सिराङ गाउँपालिकामा जेठ ३० गते (आज) देखि असार १ गतेसम्म शिविर सञ्चालन गर्नेछ । असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा र असार १५ गतेदेखि १८ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा शिविर सञ्चालन हुनेछ ।
अर्को टोलीले बागमती गाउँपालिकामा जेठ ३१ गतेदेखि असार २ गतेसम्म, बकैया गाउँपालिकामा असार ४ गतेदेखि ७ गतेसम्म, मकवानपुरगढी गाउँपालिकामा असार ९ गतेदेखि १२ गतेसम्म, भीमफेदी गाउँपालिकामा असार १४ गतेदेखि १७ गतेसम्म र मनहरी गाउँपालिकामा असार १९ गतेदेखि २२ गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्नेछ । शिविरमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले मात्रै सेवा प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण