फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण
पोखरा । फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका सांसद तथा नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फणीन्द्र देवकोटालाई स्पष्टीकरण सोधिएको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशन दिएको हो ।
देवकोटाले फ्लोर क्रस गरेपछि त्यसको जानकारी सोमबार नै पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको कार्यालयले पठाएको थियो । जसअनुसार केन्द्रको रायअनुसार प्रदेश संसदीय दलले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
मंगलबार साँझ उनलाई स्पष्टीकरण सोधेको पत्र पठाइएको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् ।
‘दलको विधान विपरीत काम गरेको र ह्विप उल्लङ्घन गरेको हुँदा केन्द्रको सुझावका आधारमा स्पष्टीकरण सोधेका छौँ,’ उनले भनिन्, ‘एक हिसाबले कारबाही प्रक्रियामा अघि बढेको छ । आज साँझसम्म स्पष्टीकरण दिनुपर्छ ।’
उनलाई इमेलबाट र प्रत्यक्ष भेटेर पत्र बुझाइएको बुढाले बताइन् । ‘पत्र गएको छ । उहाँले भन्नुभएको ठाउँमा पत्र गएको छ । प्रत्यक्ष भेटेर पनि दिएका छौँ,’ उनले अघि भनिन्, ‘अब उहाँले दिने जवाफका आधारमा प्रक्रिया अघि बढ्छ ।’
माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेर विजय भएका नेपाल समाजवादी पार्टीका उनलाई माओवादीले कारबाही गरे पनि अन्यौलता कायमै छ ।
उनी माओवादीको चुनाव चिन्हबाट लडे पनि पार्टी भने नेसपा नै उल्लेख छ । उनका सबै आधिकारिक विवरणहरूमा नेसपा भेटिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण