विद्युतीकरणले झिलीमिली भयो महाभारत
धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा केन्द्रीय प्रसारणको विद्युत् जडान भएपछि सबै गाउँघर झिलिमिली भएका छन् । विसं २०७५ बाट विद्युतीकरण सुरु भएकोमा यही जेठ महिनाभित्र सम्पन्न भएको हो ।
गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । पालिकामा अहिलेसम्म तीन हजार चार सय ३० वटा मिटरबक्स वितरण भइसकेको र ती सबै घरमा बत्ती बलिसकेको गाउँपालिको जनाएको छ ।
बिहिबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाभारत गाउँपालिकालाई पूर्णविद्युतीकरण पालिका घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए । “अब हामी पूर्णविद्युतीकरण पालिका भइसकेका छौँ ”, उनले भने, “विसं २०७५ सालदेखि सुरु गरेको विद्युतीकरण विसं २०७६ देखि कार्यान्वयनमा ल्याएको र हाल ती सबै कार्य पूरा गर्न सफल भएका छौँ ।”
विद्युत जोडिएपछि गाउँमा साना उद्योगसमेत सञ्चालनमा आएको उनले बताए । विद्युत जडान भएपछि यहाँका नागरिकले पिठो पिस्ने मिल, दूध मिल, चिस्यान केन्द्र तेल पेल्ने मिल र कफी सफा गर्ने मेसिनलगायतका साना घरेलु उद्योग सञ्चालनमा ल्याएका छन् । महाभारत गाउँपालिका-४ कलवानका स्थानीयवासी दिपेश लामाले बत्ती बलेपछि निकै उत्साह बढेको बताए। यसअघि बालबालिकालाई पढाउन टुकी बत्तीको सहारा चाहिने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण