प्रभाव पार्न सक्ने खेलाडी– सकिब अल हसन (बंगलादेश)
काठमाडौँ । सकिब अल हसन वर्तमान बंगलादेशी टोलीमा रहेका सबैभन्दा अनुभवी खेलाडी हुन् । जारी विश्वकपमा पनि बंगलादेशका लागि सकिब अल हसन प्रभावशाली खेलाडी हुन् । उनी बंगलादेशी टोलीका टोलीका पूर्वकप्तान पनि हुन् ।
३७ वर्षीय सकिब अल हसनले टोलीका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको क्रिकेट खेलिसकेका छन् । सकिब अल हसन बंगलादेशका लागि १४ हजार पाँच सयभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् ।
सकिब अल हसन टोलीका अलराउन्डर खेलाडी पनि हुन् । उनको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो । उनी टोलीका प्रभावशाली फिल्डिर पनि हुन् । उनले देशका लागि ६७ टेस्ट खेल्दै कुल चार हजार पाँच सय पाँच रन बनाएका छन् ।
विश्व क्रिकेटको सबैभन्दा महत्वपूर्ण ढाँचा टेस्टमा उनले पाँच शतक र ३१ वटा अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय १७ रन हो । टेस्ट क्रिकेटमा उनले २६ वटा क्याच पनि लिएका छन् ।
यसैगरी उनले एकदिवसीय क्रिकेटको दुई सय ३४ पालीमा कुल सात हजार पाँच सय ७० रन बनाइसकेका छन् । यस क्रममा उनले नौ शतक र ५६ वटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित एक सय ३४ रन हो । उनले ६० वटा क्याच पनि लिएका छन् ।
सकिब अल हसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एक सय २२ पालीमा कुल दुई हजार चार सय ५१ रन बनाएका छन् । यसक्रममा उनले १२ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८४ रन हो । उनले ३० वटा क्याच पनि लिएका छन् ।
यसका अतिरिक्त उनले टेस्ट क्रिकेटमा दुई सय ३७ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले तीन सय १७ विकेट हात पारेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले एक सय ४६ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण