प्रजातन्त्र दिवसमा छुटेका दुईजना प्रतिवादी २३ वर्षपछि पुनः पक्राउ
काठमाडौँ । ज्यान मुद्दामा सजाय पाएर प्रजातन्त्र दिवसमा थुनामुक्त भएका दुई जना प्रतिवादी पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ घर भएर काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका बस्ने दुर्गाबहादुर दमाई उर्फ केदार र खड्गबहादुर दमाई उर्फ साधुराम छन् ।
२०५३ मा दोलखा जिल्ला अदालतले उनीहरूलाई सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरेपछि उनीहरू जेल परेका थिए । राष्ट्रिय प्रजातन्त्र दिवस–२०५६ मा सरकारले कैद छुटको निर्णय गरेपछि उनीहरू थुनामुक्त भए ।
७ फागुन २०५६ मा भएको सो निर्णयविरुद्ध सर्वोच्च अदालतले २०५८ मङ्सिरमा जन्मकैद हुनेगरी सरकारको निर्णय उल्ट्याएको थियो । सर्वोच्च अदालतबाट फैसला भएको झन्डै २३ वर्षपछि अहिले उनीहरू पक्राउ परेका हुन् ।
उनीहरुले ११ वर्ष ४ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । काठमाडौँ जिल्ला अदालतको आदेशले उनीहरूलाई कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण