राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा भत्ता लिन ज्येष्ठ नागरिकले सास्ती पाए : सांसद रायमाझी
शुक्रबार, ३२ जेठ २०८१, १८ : ०४
काठमाडौँ । प्रतिनिधि सभा सदस्य अम्मर बहादुर रायमाझीले सामाजिक सुरक्षा भत्ता लिन र नवीकरण गर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि ज्येष्ठ नागरिकले सास्ती पाएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद रायमाझीले राष्ट्रिय परिचय पत्रका लागि ज्येष्ठ नागरिक जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा जान बाध्य भएको बताए देशका दुरदराजका असक्त ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन अप्ठेरो परिरहेको बताउँदै स्थानीय तहबाट प्राप्त हुने सुविधालाई विना तयारी इलाका र जिल्ला प्रशासन कार्यालय धाउनु परेको अवस्थाको हल गर्न आग्रह गरे ।
उनले आगामी आर्थिक वर्षका लागि अहिलेको समय अवधि लम्बाएर स्थानीय तहमा वडा तहमा पुगेर घुम्ती शिविर सञ्चालन गरेर राष्ट्रिय परिचय पत्र वितरण गर्ने काम अघि बढाउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण