राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा भत्ता लिन ज्येष्ठ नागरिकले सास्ती पाए : सांसद रायमाझी
शुक्रबार, ३२ जेठ २०८१, १८ : ०४

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अम्मर बहादुर रायमाझीले सामाजिक सुरक्षा भत्ता लिन र नवीकरण गर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि ज्येष्ठ नागरिकले सास्ती पाएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद रायमाझीले राष्ट्रिय परिचय पत्रका लागि ज्येष्ठ नागरिक जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा जान बाध्य भएको बताए देशका दुरदराजका असक्त ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन अप्ठेरो परिरहेको बताउँदै स्थानीय तहबाट प्राप्त हुने सुविधालाई विना तयारी इलाका र जिल्ला प्रशासन कार्यालय धाउनु परेको अवस्थाको हल गर्न आग्रह गरे ।
उनले आगामी आर्थिक वर्षका लागि अहिलेको समय अवधि लम्बाएर स्थानीय तहमा वडा तहमा पुगेर घुम्ती शिविर सञ्चालन गरेर राष्ट्रिय परिचय पत्र वितरण गर्ने काम अघि बढाउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने