गोकर्णेश्वरबाट २२ जना जुवाडे पक्राउ
शुक्रबार, ३२ जेठ २०८१, १३ : १४

काठमाडौँ । काठमाडौँमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । जिल्लाको गोकर्णेश्वर नगरपालिका– ४ गोकर्ण माइती नेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहरामा जुवा (कौडा) खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौँको कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रुपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
-
लुम्बिनी सरकारको वैशाख मसान्तसम्मको खर्च ४६ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ
-
सात वर्षमा पनि बनेन दैजी–जोगबुढा सडक