क्यानले भन्यो– क्रिकेटको नाममा राजनीति गर्न खोज्नेले नेपाली क्रिकेटलाई विवादित र विभाजन गर्न खोजे
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरूले नेपाली क्रिकेटलाई विवादित र विभाजन गर्न खोजेको बताएको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशले विश्वकप खेलिरहेको समयमा क्रिकेट तथा संघको विरुद्धमा अनर्गल प्रचार गरी नेपाली क्रिकेटलाई विवादित र विभाजन गर्न खोजेको बताएका हुन् ।
क्यानले भनेको छ, ‘क्रिकेट खेलको नाममा राजनीति गर्नेहरूले आफ्नो देशले विश्वकप खेलिरहेको यस महत्त्वपूर्ण समयमा क्रिकेट तथा संघको विरुद्धमा अनर्गल प्रचार गर्दा विश्वकपमा सहभागिता जनाइरहेका राष्ट्रिय खेलाडी, नेपाललाई विश्वकपमा पुर्याउन अहोरात्र खटिएका संघका पदाधिकारी एवं सदस्यहरू, संघका कर्मचारीहरू तथा क्रिकेटसँग सम्बन्धित व्यक्ति लगायत क्रिकेट प्रेमीहरूको मनोबल गिर्न सक्छ भन्ने समेत ख्याल विचार नगरी क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरूले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको स्पष्ट छ ।’
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेका थिए ।
आचार्यले नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आइसीसीले अस्वीकार गरेको बताएका थिए ।
आचार्य यस्तो बताएपछि क्यानले विज्ञप्ति जारी गर्दै झुटो र कपोलकल्पित बुँदाहरू संसदमा उठान गरेर सांसदले सदनलाई गुमराहमा राख्नुका साथै पार्टीलाई पनि विवादमा ल्याउन खोजेको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण