टी–२० विश्वकपमा न्युजिल्यान्डको पहिलो जित
काठमाडौँ । न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले पराजित गर्दै टी–२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य टोलीले ५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो ।
डेभन कनवेले १५ बलमा २२ रन बनाउँदै टोलीलाई जित दिलाए । उनले ४ चौका प्रहार गरे । फिन एलनले ९ रन जोडे भने रचिन रवीन्द्र १ रनमा नटआउट रहे । युगान्डाका लागि एक मात्र विकेट रियाजत अलि शाहले लिए ।
यसअघि टिम साउथीले ३ तथा ट्रेन्ट बोल्ट, मिेचल स्यान्टनर र रचिन रवीन्द्रले २–२ विकेट लिए भने युगान्डा १८.४ ओभरमा मात्र ४० रनमा समेटिएको थियो ।
टोलीका लागि केनेथ वाइसवाले १८ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । फ्रेड अचेलमले ९ रनको योगदान दिए ।
समूह सीमा ३ खेलपछि न्युजिल्याण्डको २ अंक छ । ४ खेल खेलेको युगान्डाको पनि २ अंक नै रहेको छ । यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण