कटहरीमा वाईसीएलको स्वास्थ्य शिविर
विराटनगर । माओवादी केन्द्र निकट याेङ कम्युनिस्ट लिग (वाईसीएल)ले माेरङकाे कटहरी चोकमा स्वास्थ्य शिविर आयोजना गरेको छ । वाईसीएल कटहरी गाउँ कमिटीको आयोजनामा भएको शिविरमा ६० भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् ।
शनिबार बिहान ८:०० बजेदेखि ११:३० बजेसम्म सञ्चालन भएको शिविरमा सिफा पाेलिक्लिनिक एण्ड डाईग्नाेष्टिक सेन्टर विराटनगरले प्राविधिक सहयोग गरेको वाईसीएल कटहरीका सहसचिव आर्यन स्वर्णकारले जानकारी दिए । शिविरमा सुगर, थाईराईड, प्रेसरलगायत जाँच भएको थियो । शिविरमा स्वास्थ्य जाँच गर्दा कुनै रोग देखिएमा अवस्था अनुसार निःशुल्क औषधि उपलब्ध गराउने उनले बताए ।
स्वास्थ्य शिविरमा वाईसिएल मोरङ इन्चार्ज दीपक आलेमगर, अध्यक्ष याेगेन निङ्लेकु, सचिव मोहम्मद रेहान, वाईसीएल जिल्ला सदस्य तथा कटहरी ३ वडाध्यक्ष दिपेश कामत, वाईसीएल जिल्ला सदस्य अवधेश राय, कटहरी अध्यक्ष निराजन राय, सचिव शेक कविर अलिका साथै वाईसीएल कटहरी गाउँ कमिटीका सदस्यहरूको उपस्थिति थियो ।
शिविरलाई स्थानीय समाजसेवी सीता साह र अम्बिका साहले सहयोग गरेका थिए । मधेस आन्दोलनका क्रममा सहिद भएका निर्मल राजवंशी र राजकुमार कामतको सालिकमा माल्यार्पण गरेर शिविर सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण